काठमाडौँमा बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ ।
अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदली भई पानी परेको हो ।
जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ ।
वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहे...