एमाले स्थायी समिति बैठक बस्दै, नेपाल पक्ष पनि सहभागी हुने

काठमाडौ :  नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दै छ। कार्यदलको बैठक सकिएपछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने उनले जानकारी दिए।  बैठक ४ बजे बालुवाटारमा बस्न लागेको हो।एमालेमा देखिएको समस्या समाधानका लागि गठित एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ। दुवै पक्षका कार्यदलहरूले आजको बैठकले सुखद् समाचार दिन सक्ने प्रतिक्रिया दिएका छन्।एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अ

सम्बन्धित सामग्री

एमाले स्थायी समिति बैठक : माधव पक्ष गएन, वामदेव पनि अनुपस्थित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।

शुक्रबार बोलाए ओलीले स्थायी कमिटी बैठक,नेपाल पक्ष नजाने

पार्टीभित्र तिक्तता बढिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय ढंगले स्थायी समिति बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा आउन माधव पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्नेछ । तर असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेक