गहुँ आयात शून्य, चामल एक तिहाइ कम

वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गहुँको आयात शून्य भएको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महीनामा वीरगञ्ज नाकाबाट गहुँ आयात शून्य भएको हो । गत साउनदेखि पुस मसान्तसम्ममा कत्ति पनि गहुँ नभित्रिएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ । खाद्यान्न निकासीमा भारतले लिएको नियन्त्रण नीति र सरकारी उदासीनताका कारण आयात शून्य हुन पुगेको हो । आयात रोकिँदा स्वदेशी बजारमा गहुँको उत्पादन मैदा र पिठोको मूल्य आकाशिएको छ । अघिल्लो आवको समीक्षा अवधिमा वीरगञ्जबाट मात्रै ५१ करोड ६१ लाख रुपैयाँ मूल्यको १ करोड ६३ लाख ३४ हजार किलो गहुँ भित्रिएको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए । रूस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्न अभाव हुने सम्भावनालाई ध्यानमा राखेर भारतले खाद्यान्न निकासीमा नियन्त्रणको नीति लिएको छ । निकासी रोकेरै भए पनि मूल्य नियन्त्रण गर्ने नीति भारतको छ । भारतले आफ्नो आन्तरिक बजारमा मूल्य नियन्त्रणका लागि गहुँ, धान, चामल, चिनीलगायत खाद्यवस्तु निकासीमा नियन्त्रणको नीति लिएपछि आयात प्रभावित भएको हो । भारतले नेपाललगायत २० देशलाई गहुँको आवश्यक कोटा माग्न भने पनि सरकारले समय सीमाभित्र कोटा माग गरेन । सरकारले उद्योगीसँग कोटा मागेपछि उद्योगीले आवेदन गरेका थिए । तर, सरकारले यसबारे भारतलाई समयमै पत्राचार गरेन । सरकारले समय सीमाभित्र कोटा नमागेपछि गहुँ आयात ठप्प भएको हो । भारतले हालैमात्र नेपाललाई ५० हजार टन गहुँको कोटा दिएको छ । सरकारले केही उद्योगलाई ३० हजार टन गहुँ आयातको कोटा वितरण गरेर आयातको सुरसार गरिएको छ । कोटाको शर्तअनुसार यो परिमाणको गहुँ आगामी चैतभित्र आयात गरिसक्नुपर्छ । धान र चामलको निकासीमा पनि भारतले २० प्रतिशत अतिरिक्त शुल्क लगाइदिएको थियो । सरकारको आग्रहमा ६ लाख टन धानमा यस्तो शुल्क नलिने भएपछि अहिले धानको आयात उल्लेख्य बढेको छ भने चामल आयात ३० प्रतिशतले खुम्चिएको छ । यो वर्षको ६ महीनामै गतवर्षको समीक्षा अवधिभन्दा ३८ प्रतिशत बढी धान भित्रिएको भन्सारको तथ्यांक छ । उक्त अवधिमा ६ लाख ८१ हजार टन धान भित्रिएको छ । चामल आयात घटेपछि अहिले मूल्य बढेको छ । कनिकाको आयात पनि उल्लेख्य परिमाणमा खस्किएको छ । कनिका आयात ७१ प्रतिशतले घटेको तथ्यांक छ । भारतले कनिकाको निकासी पनि नियन्त्रण गरेको छ । मकै, फापर, कोदो, जौ र जुनेलो आयात पनि निकै घटेको भन्सारको तथ्यांक छ ।

सम्बन्धित सामग्री

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

कैलाली- कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा रु १२ करोड २१ लाखको मकै, रु पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।  कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ म...

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

कैलाली- कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा रु १२ करोड २१ लाखको मकै, रु पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।  कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ म...

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात

अत्तरिया (कैलाली), ५ चैत । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार […]

खाद्यान्न आयात: धान उल्लेख्य बढ्दा चामलको खस्कियो

वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट धानको आयात उल्लेख्य वृद्धि हुँदा चामलको आयात खुम्चिएको छ । तयारी चामलको आयात घट्नु र त्यसको कच्चा पदार्थ धानको आयात बढ्नु सकारात्मक भएको उद्यमीहरूले बताएका छन् ।  चालू आर्थिक वर्ष (आव) २०७९/८० को ११ महीनामा यो नाकाबाट धानको आयात करीब ६० प्रतिशतले बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । गत साउनदेखि जेठसम्ममा चामल आयात भने २५ प्रतिशतले घटेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।  धान र चामल दुवै उत्पादन मुख्य रूपमा भारतबाट भित्रिन्छ । धान आयातित खाद्यान्न सूचीको अग्रस्थानमा छ । स्वदेशी चामल उद्योग प्रवर्द्धनका दृष्टिले चामलको आयात घटेर धान बढी भित्रिनु सकारात्मक भएको नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।  यो नाकाबाट बारा र पर्साका उद्योगले धान आयात गर्छन् । अधिकांश ठूला चामल उद्योग यही क्षेत्रमा सञ्चालित छन् । अधिकांश यस्ता उद्योग आयातित धानको भरमा चलेका छन् ।  ११ महीनामा भारतबाट १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको ३ लाख ३५ हजार मेट्रिक टन धान आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख १० हजार टन धान भित्रिएको ढकालले जानकारी दिए ।  अघिल्लो वर्ष विभिन्न ब्रान्डका ४३ हजार ३२५ टन तयारी चामल आयात भएकोमा यो वर्ष ३२ हजार ५९७ टनमा सीमित भएको भन्सारको तथ्यांक छ । चामलको एक मुख्य उत्पादक भारतले निकासीमा २० प्रतिशत शुल्क लगाएपछि यसको आयात प्रभावित भएको हो । भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रणका लागि यस्तो नीति लिएको हो ।  भारतले शुरूमा धान निकासीमा समेत शुल्क लगाएको थियो । स्वदेशी उद्यमी र सरकारी पहलपछि धानमा शुल्क हटाएको हो । भारतले यो वर्ष नेपालमा ६ लाख टन धान निकासी गर्ने गरी कोटा तोकेको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा १ लाख टन बढी हो । यो नाकाबाट गहुँ आयात ७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ११ महीनामा २१ हजार ३९५ मेट्रिक टन गहुँ आयात भएकोमा यो वर्ष ४ हजार ९०२ टनमात्र भित्रिएको छ । भारतले निकासीमा कोटा तोकिदिएपछि गहुँको आयात घटेको हो । भारतले नेपालमा वार्षिक ५० हजार टन गहुँ निकासी गर्ने गरी कोटा निर्धारण गरेको थियो । सरकारी ढिलासुस्तीका कारण लामो समयसम्म कोटाको गहुँ आयात भएको थिएन । यो नाकाबाट फापर, कोदो र कनिकालगायत खाद्यान्नको आयात पनि घटेको तथ्यांकले देखाउँछ । भारतले कनिकामा पनि २० प्रतिशत अतिरिक्त कर लगाएको थियो ।

नाम मात्रको कृषि प्रधान देश : ११ महिना मै २७ अर्बको चामल र १५ अर्बको धान आयात

असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ । खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ । भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ ।सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो । किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ । मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ । खाद्यान्न आयातमा मुलुकको अर्बौँ रकम बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।त्यस्तै मुलुकमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।सोह्र अर्बको मकै आयातविभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौँ रकम बाहिरिएको देखिन्छ । नेपालको हावापानी अनुकूल रहने मकैखेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौँ रकम विदेशिने गरेको हो । विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म रु १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ ।कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै रु १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ । यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य रु एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ । मकै तथा यसको बीउको आयातबाट सरकारले रु ९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।पाँच अर्बको गहुँ आयातविभागको विवरणनुसार गहुँको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु पाँच अर्ब ६३ करोड नौ लाख ४५ हजार बराबरको १७ करोड पाँच लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको छ । त्यस्तै कोदोको बीउ ११ लाख ४४ हजार ५४२ केजी रु तीन करोड ८२ लाख ६६ हजार मूल्य बराबरको आयात भएको छ ।यस अवधिमा एक करोड ७९ लाख २५ हजार ६०९ केजी बराबरको जौ रु एक अर्ब २१ करोड ८६ लाख ४८ हजार मूल्य बराबरमा आयात भएको छ । त्यस्तै रु तीन करोड ८२ लाख ६६ हजार मूल्यमा ११ लाख ४४ हजार ५४२ केजी कोदो आयात भएको छ । विभागका अनुसार यस अवधिमा रु १८ लाख २७ हजार मूल्यमा २७ हजार १२९ केजी फापर आयात भएको छ ।

१० महिनामा ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ आयात

काठमाडौं - नेपालमा आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात गरेको विभागले जनाएको छ । विभागका अ...

१० महिनामा ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ आयात

काठमाडौं - नेपालमा आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात गरेको विभागले जनाएको छ । विभागका अ...

पछिल्लो १० महिनामा ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ आयात

काठमाडौँ – नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ। तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन। भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट […]

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो।यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका