जसपा नेता यादव भन्छन्- रेशम चौधरीलाई कारबाही गरिएको छैन

‘रेशम चौधरीलाई पार्टीबाट कुनै कारबाही गरिएको छैन। उहाँ केन्द्रीय कार्यकारिणी समिति सदस्य हुनुहुन्छ,’ यादवले सेतोपाटीसँग भने, ‘कारबाही गर्ने कुनै तयारी पनि छैन।’

सम्बन्धित सामग्री

जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै यादव पक्षले १६ जना कार्यकारी सदस्यलाई कारबाही गरेको हो । गत साउन ११ गते बोलाएको हेड काउन्टमा रेशम चौधरी तटस्थ बसेकाले उनको पक्षमा भने केही निर्णय […]

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

काठमाडौं (अस) । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्रदान गरेको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी सोमवार यादव पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेको हो । सनाखतका क्रममा उपस्थित ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेका थिए । यस्तै, १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एकजना (रेशम चौधरी) तटस्थ बसेका थिए । निर्वाचन आयोगले गरेको फैसला अनुसार अब ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रूपमा मान्यता पाउने बताइएको छ । तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरूलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने÷नहुनेबारे भने फैसला मौन छ । आयोगले अन्य विषयमा आफूहरूको धेरै भूमिका नहुने उल्लेख गरेको छ ।