ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा प्रवेश, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य

ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा गाला नाइट आयोजना गरेको छ ।  मंगलबार रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा आयोजना भएको गाला नाइटमा प्रडक्ट प्रदर्शनी, फेसन लाइभ म्युजिक, नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो, कल्चर फेसन शो लगायतका कार्यक्रम भएका थिए ।  भेषभुषा दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना भएको...

सम्बन्धित सामग्री

पुस १५ गतेदेखि फेवाताल किनारामा सडक महोत्सव शुरु

मंसिर २५, कास्की । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोशियसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा २३ औँ सडक महोत्सव हुने भएको हो ।  पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्नका लागि अंगे्रजी नयाँ वर्षको अबसरमा सडक महोत्सवको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड वार एसोशियसन (रेवान)ले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।  पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई महाभूकम्प, नाकाबन्दी लगायतका विपदमा समेत निरन्तरता दिदैं आएकाले यसवर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले विगतका वर्षमा जस्तै यसपटक पनि विभिन्न जनसमुदाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको बताए ।  ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रदर्शन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।  पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ । सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा व्यवसायीको छ । अंग्रेजी नयाँ वर्षमा विगत दुई दशकदेखि पोखरामा सडक महोत्सवको आयोजना गरिदै आएको छ ।  प्रत्येक वर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउदै आएको आयोजकको दावी छ । महोत्सवमा अघिल्लो  वर्षको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ ।

संस्कृति जोगाउने ध्याउन्नमा थारु अगुवा

पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक छाएको छ । माघी शुरु हुन केही साता अगाडि नै बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरका थारु गाउँ संगीतमय भएका छन् । विगतको समीक्षा र आगामी वर्षको योजना गर्दै मनाइने माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत लिने गर्छन् । नयाँ वर्षमा नयाँ उमंगका साथ नाचगान रमाईलो गर्ने र परम्परागत भेषभुषा पहिरनमा नृत्य गर्ने चलन छ ।