क्रियाशील सदस्यलाई मध्यरातमा गुपचुप खोप लगाएको भन्दै मेयरविरुद्ध विराटनगरमा प्रदर्शन

मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर नेपाली कांग्रेसका कार्यकर्ताको घरमा पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा तानिएका छन् । मेयर पराजुलीविरुद्ध महानगरपालिकाको गेटमा युवाले बिहीवार नारा जुलस नै गरेका छन् । ‘रातिराति खोप दिन पाइँदैन’, ‘क्रियाशील सदस्यलाई खोप दिन पाइँदैन’, ‘जनता खोप वेटिङमा, मेयरसा’प शेटिङमा’, ‘मेयर पराजुली मुर्दावाद’ लगायतका नारा लगाएर वाईसीएल र केही अन्य युवाले नाराजुलुस गरेका छन् ।  बुधवार राति खोप...