काबुल विमानस्थलमा सोमवार कैयौं रकेट प्रहार गरिएको खबर छ ।
अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक हटाउनका लागि ४८ घन्टाभन्दा कम समय बाँकी रहेको बेलामा यो आक्रमण गरिएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, ती रकेटहरू एउटा कारबाट प्रहार गरिएका थिए र विमानस्थललाई तारो बनाउने तिनीहरूको लक्ष्य थियो ।
विमानस्थल नजिकैको टोल सलिम कारवानमा एउटा रकेट खसेको बताइएको छ ।
आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
अमेरिकाले सोमवार बिहानै पाँचवटा रकेटलाई बीचैमा ध्वस्त पारेको बताएको छ । ...