यूरोपेली छ मुलुकको अफगान निर्वासन जारी राख्न आग्रह

यूरोपेली संघ (ईयू)का छ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाहीका बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका मङ्गलबार अधिकारीहरूले बताएका छन् । अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानून अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्तापठाउन अनुमति दिनुपर्ने बताएका हुन् ।