निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ । “संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत