काठमाडौं : वैशाख ३० गतेको मतदान स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ।नगरपालिकाको १० वटै वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले थाहाखबरलाई जानकारी दिए।वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको आरोप-प्रत्यारोप चलेको थियो। सोही विवादलाई लिएर गठबन्धन दलले पुनः मतदान गर्न र नेकपा एमालेले खसेको मतको गणना गर्न अडान राखेको थियो।निर्वाचन आयो