लाप्राक नमूना बस्ती लालपूर्जासहित लाभग्राहिलाई हस्तान्तरण

काठमाडौं। लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले घरहरु लाभग्राहीलाई हस्तान्तरण गरेका हुन्। ५७ करोड ६६ लाख ४ हजार ८३६ रुपैयाँ लागतमा बस्ती निर्माण गरिएको संघले जनाएको छ। संघले ५ सय ७३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको हो।

सम्बन्धित सामग्री

भूकम्प गएकै दिन लाप्राकको नमूना वस्ती हस्तान्तरण

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ ।