फिफा वरीयतामा नेपाल ८ स्थान खस्कियो‚ विश्व नम्बर एक ब्राजिल

एशियाकप छनोटमा खराब प्रदर्शन गरेको नेपालको फिफा वरीयता समेत एकैपटक ८ स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल १७६ औं स्थानमा पुगेको हो।बिहीबार सार्वजनिक गरिएको नयाँ वरीयतामा नेपालको वरीयता कमजोर बन्यो। अघिल्लो वरीयतामा नेपाल १६८ औं स्थानमा रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ।नेपाल भारत र माल्दिभ्सभन्दा पछि रहे पनि अन्य दक्षिण एशियाली राष्ट्रभन्दा अघि रहेको छ।  भारत १०४ औं स्थानमा रहँदा माल्दिभ्स १५६ औं स्थानम

सम्बन्धित सामग्री

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

७ पुस, काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । विश्वकप फाइनलिष्ट फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो […]

फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् । यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका स