समाज लघुवित्तको चौथो साधारण सभाबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित

माघ १७, काठमाडौं । सामाज लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  सभा आइतवार जानकी फैमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा सम्पन्न भएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  त्यसैगरी, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  त्यसैगरी, संस्थापक समूहको तर्फबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सरोज कुमार महतो, सन्तोषी महतो र सुरेश साह निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।