प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस गरेका छन् । अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि आफ्ना कमिटीबाट उम्मेदवार सिफारिस धमाधम भइरहेको जनाएको छ ।क्षेत्र नम्बर १मोरङको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले नेता घनश्याम खतिवडा विजयी भएका थिए भने कांग्रेसका नेता लिम