बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, जम्कट्टेल र लामा मन्त्री बन्दै

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । उनले माओवादी केन्द्र र काँग्रेसका एक–एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल र काँग्रेस संसदीय दलका सचिव नीमा लामालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसअघि जम्कट्टेल