भीर काटेर ढुंगा गिट्टी र काठ बेचौं : मुख्यमन्त्री गिरी

२५ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् । पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए । […]