व्यासमा अत्यावश्यकबाहेक सेवा बन्द

तनहुँ । व्यास नगरपालिका कार्यालयले माघ ११ देखि माघ १४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द हुने जनाएको छ । नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको सिलसिलामा मतदाताको कोभिड–१९ को अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने परिपत्र भएको थियो । […]