नेकपा विभाजनपछि सरकार गिराउने र बचाउने खेल तीव्र बन्दा सुदूरपश्चिम प्रदेश सरकारको कामकारवाही प्रभावित बनेको छ । नेकपा विभाजनको असर सरकारको कामकारवाहीमा मात्र होइन, विकास निर्माणमा पनि परेको छ ।
सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुँदा प्रदेश र स्थानीय तहमा विकास निर्माणका कामभन्दा समूहगत भेला र हानथाप चलिरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारबाट पनि भौतिक र अर्थमन्त्री बाहिरिएपछि विकास निर्माणका काम प्रभावित भएका छन् ।
प्रदेश सरकार गठन भएदेखिनै निर्धारित समयमा विकास बजेट खर्च गर्न नसकेको सुदूरपश्चिम प्रदेश सरकार अ...