हावाहुरीले इलाममा एनटिसीको टावर लडायो

इलाम : वर्षासँगै आएको हावाहुरीले  इलामको रोङ गाउँपालिका-४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर लडाएको पत्रकार गणेश अर्यालले जानकारी दिए।घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको उनले जनाए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानो हावाहुरीले उडाएको छ। वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ।

सम्बन्धित सामग्री

हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

१८ चैत, काठमाडौं । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एफएमको टावरमा क्षति पुगेको बताए । तर विस्तृत विवरण थाहा नभएको उनले बताए । भक्तपुर एफएमका सदस्य सत्यनारायण मानन्धरले एफएमको टावर ढल्किएको र प्रसारण बन्द गरेको जानकारी […]

‘हावाहुरीले ढाल्यो सुनकोसीको झोलुंगे पुल’

कटारी नगरपालिकाका १० सोरुङछबिसेको चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा सिमाना बाईटारस्थित सुनकोसीमा निर्माणाधीन पुलको उदयपुर तर्फको टावर गत शुक्रबार ढलेको हो।

कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म-कालीकोटमा आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, […]

कालीकोटमा शुक्रबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो ।हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् । शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगर

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

चितवन, १० वैशाख । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी […]

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको  हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए  । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।

इलाममा हुरीले लडायो टेलिकमको टावर

इलाम – हावाहुरीले इलामको रोङ गाउँपालिकाको भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। वर्षासँगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका ४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको हो। मेचीराजमार्गमा नजिकै रहेको नेपाल टेलिकमको फोरजी टावर लडाएको रोङका पत्रकार गणेश अर्यालले बताए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानोसमेत हावाहुरीले उडाएको […]

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रशारण अवरुद्ध

नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा रहेको सामुदायिक रेडियो सुनवलको टावर हावाहुरीले ढालेको छ।  सोमबार बिहानै ४ बजे आएको हावाहुरीले टावर ढलेपछि रेडियोको प्रशारण अवरुद्ध भएको रेडियोका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए। टावरमा क्षति पुगेपछि रेडियो प्रशारणमा आउनका लागि केहि दिन लाग्ने पौडेलले बताए। बिहानै ह...

हावाहुरीले सुर्खेतमा टेलिभिजन र रेडियो नेपालको टावर ढल्यो

सुर्खेत : वर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढलेको छ। भेरीगंगा नगरपालिका ४ हर्रे चमेरे डाँडामा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेशनको टावर बिहीबार बिहानदेखि आएको हावाहुरीले ढालेको हो। टावर ढलेपछि भौतिक रुपमा क्षति पुगे पनि मानवीय क्षति नभएको रेडियो ने...

हावाहुरीले तुलसीपुर एफएमको टावर भाँचियो

दाङ, वैशाख १७  – आइतबार आएको असिनापानीसहितको हावाहुरीले दाङमा रहेको तुलसीपुर एफ एममा ठूलो क्षति पुर्याएको छ ।   हावाहुरीले एफएमम...