नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सङ्गठनका असल अभ्यासलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवद्र्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ …