रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै  उठ्ने गरेकी छन् । २७ वर्षीया अजामी  एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा ९व