काठमाण्डाै – २३ वर्षमुनिको बंगबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
आज ढाकामा भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । पहिलो सेट किर्गिस्तानले २५–१६ स्काेरले जितेको थियो । दोस्रो सेटमा नेपालले २५–२३ को स्काेरले जित्यो ।
तेस्रो सेटमा किर्गिस्तानले २५–१७ ले चौंथो सेट नेपालले २५–१९ स्काेरले जित्यो । अन्तिम तथा पाँचौं सेट किर्गिस्तानले १५–६ ले जित्दै खेल आफ्नो पक्षमा ...