‘कोहली अण्डा खाने शाकाहारी हुन्’, कप्तानको बयानमा ट्वीटरमा बबाल

टीम इन्डियाका कप्तान विराट कोहली आफ्नो एक बयानका लागि ट्वीटरमा प्रयोगकर्ताको निशानामा आएका छन् । कोहलीले हालै आफ्नो डाइटबारे बताएको थियो । उनले इन्स्टाग्राममा प्रश्नोत्तर सेशन राखेका थिए जसमा एक प्रशंसकले उनको डाइटबारे सोधेका थिए ।कोहलीले यसको जवाफमा भने, ‘अत्यधिक सागसब्जी, केही अण्डा, २ कप कफी, दाल, क्विनोआ, धेरै नै पालुङ्गो, डोसा । तर सबै सिमित मात्रामा ।’कोहलीको यो जवाफमा प्रशंसकले ट्वीटमा निशाना साँधेका छन् ।कतिले विराट कोहली त अण्डा खाने शाकाहारी भएको बताएका छन् । कतिले यदि भारत

सम्बन्धित सामग्री

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरूको सेवामा व्यस्त भइरहेका छन् ।’  पर्यटक आगमन हुँदा आम्दानीसमेत भइरहेको घरबास सञ्चालकको भनाइ छ । यहाँ पर्यटकीय याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । घरबास सञ्चालक हेमकुमारी गुरुङले भनिन्, ‘यतिबेला पर्यटक आगमन हुँदा यहाँका घरबास सञ्चालकलाई दुईचार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ ।’ पर्यटकले भरिभराउ हुन थालेसँगै घलेगाउँ घरबासका सञ्चालक हर्षित भएका छन् ।  विसं २०५७ देखि सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सञ्चालनमा छन् । तीन सय जना पर्यटक एक रातमा बास बस्न सक्ने छन् । साथै यहाँ दुई वटा होटलसमेत सञ्चालनमा छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कार सँगसँगै आफ्ना कला, वेशभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।  विसं २०६२/०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यस गाउँमा करीब एक सय ३५ घरधुरी छ ।  यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देखिन्छ ।   यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायतको परिकार खुवाउने गर्दछन् ।  घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ ।  पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ ।  पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।  यस गाउँमा पैदलयात्रा गरेमा करीब ६ घण्टा समय लाग्छ । काठमाडौंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । रासस

गर्मी शुरू भएसँगै हिमाली भेगका 'होमस्टे'मा चहलपहल, घलेगाउँमा भरिए पर्यटक

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ होमस्टे (घरबास)मा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका  घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५०  पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए ।  ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा यतिबेला बिस्तारै पर्यटक आउन थालेका छन् ।” दैनिकजसो ३० देखि ५० र शुक्रवार, शनिवार तथा बिदाको समयमा १०० जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ ।  वितगमा दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउने गरेको र  आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा यहाँका घरबास सञ्चालकहरूले गरेका  छन् । यहाँ पर्यटकीय ‘सिजन’मा प्रतिघरबासले ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।  यसअघि पर्यटक नआउँदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक अहिले  पर्यटक आउन थालेसँगै पर्यटक सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उनले भनिन्, “यहाँका घरबास सञ्चालकहरूलाई दुई–चार पैसासमेत दैनिकजसो आम्दानी हुन थालेको छ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरबास सञ्चालनमा रहेका छन् । ३०० जना एक रातमा बास बस्न सक्नेछन्, साथै यहाँ दुईओटा होटलसमेत सञ्चालनमा रहेका छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरूहरूको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।  तत्कालीन सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । यस गाउँमा करिब १३५ घरधुरी रहेका छन् । यहाँबाट ८ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, ७ हजार ८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल), ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकहरूले गाउँघरमै उब्जाइएका अग्र्यानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायतको परिकार खुवाउने गर्दछन् ।  घरबासमा आएका पर्यटकहरूलाई सत्कारसँगसँगै आफ्ना कलासंस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरूको जातीया पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झँक्री, सेर्गा लगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला,  गुच्छा र  खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङ संस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाइन्छ । पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याब्रे, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो ।  घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक  हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । यस गाउँमा पैदल यात्रा गरेमा करिब ६ घण्टा समय लाग्दछ भने काठमाडौँबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ ।  त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।  –रासस

सोह्र श्राद्ध : मांसाहारी घटे, शाकाहारी बढे

मासुसँगै अण्डा, लसुन र प्याजको व्यापारमा मन्दी आए पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। अन्य दिनको तुलनमा सोह्र श्राद्धका समयमा यहाँ मांसाहारी घटेका छन् भने शाकाहारी बढेका हुन्।...

घरको वरिपरी उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

पृथिवीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने...

घरको वरिपरी उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

पृथिवीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने...

घरमा उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन । जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् । यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भन...

शाकाहारी हुँदा के फरक पर्छ ?

शाकाहारी र मांसाहारीहरुको झ्यासम्यासे यो काठमाडौंमा मांसाहारीहरुको तुलनामा अवश्य पनि शाकाहारीहरुले धेरै पीडा भोग्नुपर्ने हुन्छ । शाकाहारीहरुको पनि विभिन्न प्रकार हुने गर्छ । कोही अण्डा खाने शाकाहारी हुन्छन् । कोही माछासम्म पनि खाने खालका शाकाहारी …

शाकाहारी स्टार्स

अभिनेता प्रदीप खड्का शाकाहारी हुन् । प्रेम गीतबाट चर्चामा आएका उनले मासुबाट बनेका कुनैपनि परिकार खाँदैनन् । झण्डैं १० बर्षदेखि मासु नछोएका उनले चलचित्रको छायाँकनका बेलामा शारिरिक अभ्यास गर्नुपर्ने भएकाले उक्त समयमा मात्रै अण्डा खाने गरेको बताए । उनले भने, ‘पहिले मासु खाएपछि धेरै बर्ष छोडेको थिएँ, अहिले नियमित रुपमा जिममा जानुपर्ने भएकाले अण्डा खाने गरेको हुँ ।’

अण्डा शाकाहारी कि मांशाहारी ? वैज्ञानिकले निकाले यस्तो निष्कर्ष

अण्डालाई मांशाहारी खानेकुरा नमान्ने मानिसहरु पनि दुनियाँमा धेरै छन् । अर्थात् कतिपय आफुलाई शाकाहारी भन्नेहरुले पनि अण्डा खाने गर्दछन् । आखिर अण्डा शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै आएका …