काठमाडाैं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन्।नेपाल इलेक्ट्रिसियन सङ्घले आज आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।आफूले सधैँ श्रमिक र मजदुर वर्गको न्यायका पक्षमा सङ्घर्ष गरेकाले उनीहरूका समस्या समाधानका साथै सुरक्षाका लागि सधैँ संवेदनशील रहेको बताउँदै