काठमाण्डाै - अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ । हिजोदेखि पानी पार्न थालेको मौसमी प्रणालीका कारण आज पनि तराई र पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । पछिल्लो १२ घण्टामा कर्णालीको तल्लो डुङेश्वरमा १० दशमलव २ मिलिमिटर, लुम्बिनीको नेपालगञ्ज विमानस्थलमा ११ दशमलव ४ मिलिमिटर, बबै जलाधारको पदम पुरमा २५ दशमलव ८ मिलिमिटर र सल्यान बजारमा १...