'ओलीसँग मिल्दा घरको न घाटको भइन्छ'

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका चारजना केन्द्रीय सदस्यले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा अध्यक्ष केपी ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी दिएका छन्। एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिदै पहिलो शर्त केपी ओली सरकारको बहिर्गमन र राजनीतिक दलहरूको सहकार्य रहेको प्रष्ट पारेका छन्। चार नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी र माधव नेपाल समूहमै फुट ल्याउन...