आसन्न १० औं राष्ट्रिय महाधिवेशनको विषयमा छलफल गर्न मंगलवार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।
बैठक मंगलवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि बैठक सोमवार दिउँसो बस्ने भनिएपनि अन्तिम समयमा सरेको थियो ।
बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको मापदण्डबारे छलफल हुने बताइएको छ ।
यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औँ राष्ट्रिय...