अध्यात्म रामायणको रामानन्दी टीका सार्वजनिक

काठमाडौँ । महेश संस्कृत गुरुकुलका संस्थापक डा रामानन्द गिरिले अनुवाद गरेको अध्यात्म रामायण रामानन्दी टीकाको लोकार्पण गरिएको छ ।

सम्बन्धित सामग्री

अध्यात्म रामायणको रामानन्दी टीका सार्वजनिक

महेश संस्कृत गुरुकुलका संस्थापक डा रामानन्द गिरिले अनुवाद गरेको अध्यात्म रामायण रामानन्दी टीकाको लोकार्पण गरिएको छ । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारेर आज देवघाटमा आयोजित अनुष्ठानमूलक कार्यक्रममा डा स्वामी रामानन्द गिरीद्वारा लेखिएको नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले लोकार्पण गरेका हुन् ।

अलौकिक खप्तड

नौजवान मेडिकल डाक्टर गम्भीर बिरामी बालकलाई बचाउन दिनरात खट्नुहुन्छ । आफूले जानेका सबै नुस्खा प्रयोग गर्नु हुन्छ तर बालकमा कुनै सुधार हुँदैन । नौजवान डाक्टर नरमाइलो मानेर बालकको छेउमा उभिरहनुहुन्छ । एक जना नेपालतिरका साधु अकस्मात आइपुग्छन् । साधुले बिरामी बालकलाई मायालु पाराले सुम्सुम्याउँछन् । केही मन्त्र पढ्छन्– ‘फु फु चट्’ भन्दै आफूसँग भएको खरानीको टीका लगाइदिन्छन् । केहीबेरमै बालक खेल्न थाल्छ । एक किसिमको चमत्कार हुन्छ । विज्ञानमाथि अध्यात्मले विजय पाउँछ । विज्ञानको स्रोत पनि त अध्यात्म नै हो । कश्मीरका सम्भ्रान्त दुर्गा पण्डितका सन्तान, बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान, शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसति