काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य 'कू' को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ ।
विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् ।
म्यानमारको सबैभन्दा ठूलो सहर यङ्गोनमा इञ्जिनियरका विद्यार्थीहरुले सेतो कपडा लगाएर प्रदर्शन गरेका छन् । उनीहरुले हातमा नेतृ सुकीको समर्थनमा नारा लेखिएका पोस्टर लिएका ...