काठमाडौं : साउदी अरबले यसपटक पनि कोरोनाका कारण हज गर्न सिमित कोटा तोकेको छ। यस वर्ष हजमा ६० हजार मानिसलाई मात्रै अनुमति दिने साउदी सरकारले घोषणा गरेको छ। साथै हज गर्न स्थानीय व्यक्तिलाई मात्रै अनुमति दिइने भएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साउदी सरकारले हज गर्न विदेशीलाई रोक लगाउने र सिमित संख्या तोक्ने निर्णय गरेको हो। साउदी अरबको विदेश मन्त्रालयले ट्विट गर्दै मानिसको सुरक्षा र स्वास्थ्यमा ध्यान दिँदै यस वर्ष पनि यस्तो कदम उठाउनु परेको स्पष्ट पारेको छ। यसपटक हज गर्