नेपाली अम्पायर बुद्धि प्रधान र इंग्ल्यान्डका डेभिड मिल्न्सले यू-१९ विश्वकपको उद्‌घाटन खेल खेलाउने

नेपाली अम्पायर बुद्धि प्रधान आइसिसी यू-१९ विश्वकप क्रिकेट २०२२ का लागि अम्पायर नियुक्त भएका छन्। आगामी पुस ३० गतेदेखि वेस्ट इन्डिजमा हुने विश्वकप नेपालका बुद्धिसहित १९ जना अम्पायरले खेलाउने भएका हुन्।