प्रहरीले बाँड्यो साढे चार लाखभन्दा बढीलाई निःशुल्क मास्क

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले हालसम्म ४ लाख ५० हजार ९१६ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता प्रहरीले सञ्चालन गरेको ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। पछिल्लो चौबीस घण्टामा ८०१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।