कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित

नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित गरेका हुन् ।सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए । 

सम्बन्धित सामग्री

कांग्रेसको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा विवेक बानियाँ

काठमाडौं, ५ बैशाख । नेपाल विद्यार्थी संघका नेता विवेक बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिमा त्रिचन्द्र क्याम्पसका नेता बानियाँलाई मनोनित  गरेको हो । बानियाँले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदातामाझ सार्वजनिक गराउन भूमिका […]

कांग्रेसको युवा प्रचार केन्द्रीय नेटवर्कमा रोजन बानियाँ मनोनित

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका युवा नेता रोजन बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको युवा प्रचार केन्द्रीय नेटवर्कको सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित समितिमा तनहुँ बन्दिपुरका युवा नेता बानियाँलाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा छ । नेटवर्कले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा […]