हल गोरु पाल्नेलाई १५ हजार र फोटो पालिकामा

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतिपातीलाई बढावा दिन गोरु पालेका किसानलाई अनुदान दिने भएको छ।‘मिनी टिलर’ ले खेत जोत्ने क्रम बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसलाई सामान्य आर्थिक अवस्था भएका कृषकलाई मारमा पारेको भन्दै गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो। ‘मिनी टिलर’ किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले चलाउन नसक्ने समस्याले कृषकले खेती लगाउनै छोड्ने जोखिम बढेपछि गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्न प्रतिगोर