पेट्रोलियम अन्वेषण उपकरणलाई भन्सार छुटपत्र दिन अर्थ मन्त्रालयको आनाकानी

एक सातादेखि रुपैडियाको नाकामा थन्किएका पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरणलाई भन्सार छुटपत्र दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ ।

सम्बन्धित सामग्री

रुपैडिहा भन्सारमै रोकिए पेट्रोलियम ड्रिलिङ उपकरण

दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्यको मुख्य ड्रिलिङका लागि ल्याउन लागिएको उपकरण बाँकेको रुपैडिहा भन्सारमा रोकिएको छ । उपकरणको भन्सार छुटको पत्र नहुँदा ती सामग्री रोकिएका हुन् । चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा सम्पूर्ण कर तथा महसुल छुट गरिदिन अर्थ मन्त्रालयलाई पत्र पठाइए पनि भन्सार छुटको पत्र प्राप्त नभएको बताइन्छ । अर्थ मन्त्रालयले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा भन्सार छुटको निर्णय माघ २१ गते गरिसकेको बताइन्छ । भन्सार विभागले भने खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या देखिएको परियोजनाले जनाएको छ ।