आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु

पर्वत : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोटर्स अवार्डको तयारी सुरु भएको छ।अवार्ड कार्यक्रमको तयारी स्वरूप सोमबार सहारा क्लब पोखरा, सहारा युके, राम बजार सोसाइटी युके, तमु समाज युके आमा समूह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।छलफलमा सहारा युकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रूपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक क