दाङ – किसानहरुलाई अहिले धानबाली भित्र्याउने चटारो छ । धानकाटिएका खेतमा हिउँदे बाली लगाउने क्रम पनि सुरु भइसकेको छ । बारीमा लगाएको तोरी फुल्न थालिसकेका छन् । चाडवाडले चलायमान देखिएको गाउँघर हिउँदका दिनमा खेतीपाती र कृषि गतिविधिले रमणीय हुन्छ । बर्खा सकिए पनि आकासमा बादलका घेराहरु देखिन्छ । अस्ताउने बेलाको घामसँग बादलको रंग रातो रसिलो […]