साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ ।
साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रवार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरू रहेको बताइएको छ।
गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशियाको हात रहेको छ ।
यमनको सीमाबाट करीब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्ट...