हिटर तथा कोइला बालेर सुत्दा मृत्यु हुने घटना बढे, यी ८ सावधानी अपनाउन प्रहरीको आग्रह

महानगरीय प्रहरी परिसर काठमाडौँले हिटर तथा कोइला बाल्दा सावधानी अपनाउन आग्रह गरेको छ। हालैका दिनहरुमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन अपनाइने गरेको 'हिटर,कोइला बाली कोठा तातो बनाउने' लगायतका कार्यबाट कोठाको सम्पूर्ण अक्जिसन नष्ट हुनको साथै कार्बन मोनोअक्साइड समेत बनि कोठाभित्रको मानिसको सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने,निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई दुःखद निधन हुने गरेको भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । यस्तो हुनबाट जोगिन प्रहरीले निम्न सावधानी अपनाउन आग्रह गरेको हो ।१. आफूबाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन नगर्नुस् ।२. ढोका झ्यालका चरहरुमा बोरा, कपडा राखी हिटर लगायतका बिद्युतीय उपकरणहरु नबाल्नहोस् ।३. चुलो, मकल, फलामको चुलो, कराईहरुमा दाउरा/कोइला बाली रातभर कोठाभित्र नराख्नुहोस्।४. झ्याल/ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्नुहोस् ।५. बिद्युतीय उपकरणहरुका स्वीच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्नुहोस्।६. ग्यासको सिलिण्डरलाई कोठाभन्दा बाहिर राखी काम काम सकिएपछि बन्द गर्नुहोस्।७. चुलो, मकल, फलामको चुलो, हिटरनजिक छिटो जल्नेखालका कुनै पनि सामग्री नराख्नुहोस्। ८. कागज, ब्ल्यांकेट,कपडा, दाउरालगायत सामग्री हिटरभन्दा टाढा राख्नुहोस्।