मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनेको आरोप लगाएका छन्। खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरे। खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए।  तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए। खानले पछिल्लो पटक उच्च अदालतका मुख्