संसदमा देउवालाई ओलीको प्रश्न – ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ ।  वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उहाँले आरोप लगाउनुभयो । विदेशी मन्त्री आउँदा सरकार थुरथ...