प्रदर्शनकारीद्वारा कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि ढुङ्गामुढा प्रहार

विराटनगर। कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै पहिचान पक्षधरले विराटनगरमा प्रदर्शन गरेका छन्। प्रदेशको नाम खारेज गरि पुनः पहिचानको आधारमा नामाङ्कन गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री कार्यालय अगाडि ढुङ्गामुढा प्रहार गरेका छन्।