नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानुनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिल