श्रीलंका :‘गोटा गो होम’ को नारा लगाउँदै राष्ट्रपति भवन पसे प्रदर्शनकारी

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् ।  निवास प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले ‘गोटो गो होम’को नारा लगाएका थिए । समाचार अनुसार प्रदर्शनकारी आवासीय निवासमा प्रवेश गर्नुअघि राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरिसकेका छन् । यद्यपि उनी कहाँ गएका छन् भन्ने केही बताइएको छैन । कोलम्बोमा अहिले स्थिति तनावपूर्ण छ । प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उन