काठमाडौं : भाइटीकाकै अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहीबार सर्वसाधारणका लागि खुलेको छ।विशेषगरी दिदीबिहिनी नहुने र भएर पनि भेट हुन नपाएका दाजुभाइ भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर पुग्ने गर्छन्।दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर महादेवको दर्शन गर्ने र त्यहाँ रहेका दिदीबहिनीको हातबाट टीका लगाउँछन्।काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबार बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाएको जानकारी दिए।यस्तै विगतका वर्ष झैँ अञ्जली शाक्य (अञ्जली दिदी)ले पनि दाजुभाइ न