पर्वत : कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्पमा एकै दिनमा करिब तीन लाखको कारोबार हुँदै आएको थियो। दिनमा करिब ३० जनाजनाले बन्जी जम्प र करिब साढे दुई सयजना टिकट काटेर बन्जी र रिसोर्ट हेर्न आउने थिए। तर लकडाउन भएपछि त्यस क्षेत्र सुनसान झै छ। बन्जी जम्प र रिसोर्टमा अहिले कामदार छैनन्।त्यसो त यहाँको व्यवसाय सुरु हुनुअघि नै लकडाउनको सिकार भएको थियो। ‘द क्लिफ’ सञ्चालन गरेको बन्जी जम्प २०७७ सालको वैशाख १ मा उद्घाटन गर्ने योजना थियो। तर‚ २०७६ चैतमै