मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार फलामको सामनहरू १२/१३ क्विन्टल बराबरको रहेको छ। फलामको सामनहरू चाेरी गर...