दुई वर्षभित्र विद्युतमा आत्मनिर्भर बनिसक्ने सरकारको लक्ष्य

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत् जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन्। उनले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन्। मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर