लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार (कात्तिक २२) गते नेप्सेमा १९ अंकको गिरावट आएको थियो ।बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार (हिजो) एक अंकको गिरावट आएको थियो ।यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६