बाइडन र पुटिनबीच टेलिफोन वार्ता, हतियार घटाउने सम्झौता कायम राख्ने सम्भावना

अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हतियार घटाउने तथा अन्य महत्त्वपूर्ण सम्झौताका विषयमा कुराकानी भएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पिसाकीले मंगलवार यसको जानकारी दिएकी छन् ।  ह्वाइट हाउसले जारी गरेको बयानमा उल्लेख गरिएको छ, ‘राष्ट्रपति बाइडन र राष्ट्रपति पुटिनले स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रीटीलाई पाँच वर्षसम्म बढाउन दुवै देश उत्सुक रहेको विषयमा कुराकानी गरेका छन् । फेब्रुअरी ५ सम्ममा यस सन्धिलाई बढाउने प्रक्रिया पूरा गर्नका लागि दुवै राष्ट्रपतिले सहमति जनाएका छन् ।’ ...